क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको कोरोना परीक्षणका लागि 'स्याम्पल' लिने तयारी | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको कोरोना परीक्षणका लागि ‘स्याम्पल’ लिने तयारी


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना (कोभिड–९) प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको कोरोना परीक्षण गरिने भएको छ ।

सरकारले चीनबाट स्वदेश फर्काएका नेपालीहरुलाई दुई चरणमा कोरोनाको प्रयोगशालामा नमुना परीक्षण गर्ने जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीले दुईसाता अघि नै स्वदेश फर्काउन आग्रह गर्दै चीनस्थित नेपाली दुतावासमा निवेदन दिएका थिए ।

उनीहरुलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापनपछि सरकारले शनिबार नेपाल एयरलाइन्सको विमान चीन पठाएर आइतबार बिहान १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याएको हो ।

चीनबाट स्वदेश फर्कीएकाहरु अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका छन् ।

उनीहरुमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर पुष्टि गर्नका लागि क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र पहिलो पटक नमुना परीक्षण गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको प्राविधिकको टोलीले क्वारेन्टाइनमा सुरक्षितस रुपमा बसरीरहेका चीनबाट फर्किएका नेपालीको कोरोना परीक्षण गर्न थ्रोट स्वाब ( र्‍याल) को नमुना संकलन गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजै क्वारेन्टाइनमा रहेका नेपालीको नमुना संकलन गरी प्रयोगशालामार्फत परीक्षण गर्नेछ ।

‘कोरोनाको नमुना परीक्षणको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको छ, उहाँहरुले आजै क्वारेन्टाइनमा रहनुभएका सबैको नमुना संकालन गरिन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘प्रयोगशालाम परीक्षण गर्दा कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा उहाँहरुलाई अस्पतालमा लगेर आइसोलेसनमा उपचार गराइन्छ ।’

कोरोना भाइरसको संक्रमण रहेपनि लक्षण नदेखिएको हुनसक्ने भन्दै सरकारले चीनबाट स्वदेश फर्किएका नेपालीको प्रयोगशालामा नमुना परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।

‘चीनबाट स्वदेश आएका सबै नेपालीलाई विनास्थलमा स्क्रिनिङ गरेर कोरोनाको लक्षण नदेखिएकाले क्वारेन्टाइनमा पुर्‍याइएको छ, क्वारेन्टाइनमा रहेका सबै नपालीहरु स्वस्थ हुनुहुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले खबरहबसँग भने, ‘कोरोनाको संक्रमण भएपनि लक्षण नदेखिएको पनि हुनसक्छ, त्यसैले समयमै सचेत हुनुपर्छ भनेर सरकारले उहाँहरुको प्रयोगशालामा नमुना नै परिक्षण गर्ने निर्णय गरेको थियो । सोही अनुसार उहाँहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।’

चीनबाट स्वदेश फर्किएका नेपालीहरुलाई दुईसाता क्वारेन्टाइनमा राखेपछि उनीहरुको दोस्रो पटकल कोरोनाको प्रयोगशालामै परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

दोस्रो पटकको परीक्षणमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि मात्र उनीहरुलाई आफ्नो घर फर्कन दिइने छ ।

दुईसातासम्म क्वारेन्टाइनमा रहेका नेपालीले हरेक दिन दुईपटक थर्मोमिटरको माध्यमबाट तापक्रम ( ज्वरो टेष्ट) जाँच गर्नुपर्ने जनाएको छ । जसका लागि सरकारले क्वारेन्टाइनमा रहेका सबैको व्यक्तिका लागि छुट्टाछुट्टै थर्मामिटर समेत उपलब्ध गराएको छ ।

सरकारले दुईसातासम्म क्वारेन्टाइनमा रहदा पनि सचेत रहन आग्रह गरेको छ । सरकारले उनीहरुलाई क्वारेन्टाइन केन्द्रमा बसोबास गर्दा १६ वटा विषयमा ध्यानदिन बुदागत रुपमा नियम नै बनाएको छ ।

सरकारले क्वारेन्टाइनमा रहेका नेपालीका लागि बनाएको नियम यस्तो छः

क्वारेन्टाईन केन्द्र, खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरु

 

  • भक्तपुर, खरीपाटीमा क्वारेन्टाईन केन्द्रको ब्यवस्था गरिएको छ ।
  • क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ ।
  • क्वारेन्टाईनमा रहदा तपाईको सुबिधाको लागि खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै ब्यवस्थापन गरिएकोछ ।
  • स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन ।
  • विशेषस्वास्थ्यजाँचकोलागिक्लिनिकको व्यवस्था गरिनेछ।
  • व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनकोदुइपटकतापक्रमजाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ।हरेकव्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटरउपलब्धछन।
  • हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजरआदि उपलब्ध छन।
  • अन्यजाँचगर्नेसरसामाग्री जस्तै,इन्फ्रारेडथर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगतसुरक्षाकवच, ज्वरोकोअभिलेखराख्नेखाता, कुनैकुराआवश्यकपरेमामागगर्नकोलागिररोगकोलक्षणदेखिएमातत्कालैजानकारीदिनरसम्पर्कगर्नकोलागिईमरजेन्सिफोननम्बरआदिको उचित व्यवस्था गरिएकोछ ।आवश्यकता अनुसार प्रयोग गर्नुहोस ।
  • आवस्यकता अनुसार मानसिकस्वास्थ्यजाँच गर्नेतथाअन्यमनोसामाजिकपरामर्शदिने व्यवस्था गरिएको छ।आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस ।
  • आवश्यकता अनुसार मेडिकलवाअन्यसरसामाग्रीसहज रुपमा उपलब्धगराईनेछन।
  • तपाईले नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ ।
  • तपाईहरु सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ ।
  • क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमाअविलम्ब स्थानान्तरण गरिनेछ ।
  • क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन ।
  • तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ ।

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : ५६ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको