पाकिस्तान महिलाको लागि विश्वकै छैठो असुरक्षित देश « Khabarhub

पाकिस्तान महिलाको लागि विश्वकै छैठो असुरक्षित देश


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरेबियाले केही समय पहिले मोडेल क्वान्डिल बलोचका भाइलाई पाकिस्तान सुपुदर्गाी गरेको छ । उनीमाथि आफ्नै बिहिनीको हत्याको आरोप छ ।

परवारको सम्मानका लागि हुने यस्ता घटना बढ्दा छन् । परिवारको सम्मान पाकिस्तानको सामाजिक जीवनमा मात्र नभई राजनीति र अर्थतन्त्रमाथि पनि हावी हुँदै प्रभाव पार्ने गरेको छ ।

महिला माथिको हिंसाका घटना पछिल्लो समय पाकिस्तानमा बढ्दै गएको छ । जहाँ हिंसा पीडित महिलाको संख्या २ करोड नाघेको छ ।  पाकिस्तान महिलोको लागि विश्वको छैठौ असुरक्षित देश बनेको छ ।

एक जर्मन रेडियोले पाकिस्तानमा गरेको अध्ययनको तथ्यांक सार्वजनिक गर्दै भनेको थियो महिला अधिकारको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामार्फत २००४ देखि २०१६ को बीचमा ४ हजार ७ सय ३४ महिलाले यौन हिंसाको मुद्दा दर्ता गरेका छन् ।

१५ हजारभन्दा माथि महिलाले दुर्व्यवहारको लागि, १८ सयले घरेलु हिंसा तथा ५५ सयले अपहरणका लागि मुद्दा दर्ता गरेका छन् ।

त्यस्तै जनवरी २०११ देखि २०१७ को बीचमा ५१ हजार भन्दा महिलाले हिंसाको भोग्नु परेका तंथ्याकमा पाइएको छ । रिपोर्ट गरिएका घटनाहरूमा पनि २.५५ प्रतिशतलाई मात्रै दोषी ठहराइइदै महिलाहरुले आत्मविश्वास कम हुँदै गएको र उनीहरुले हिंसाविरुद्धको घटनामा उजुरी दिन पनि छोड्दै गरेको प्रचलन विकसित हुँदै गइरहको छ ।

महिला हिंसा सम्बन्धित मुद्दा हेर्नलाई १ हजार विशेष अदालतहरुको स्थापना गर्ने पाकिस्तानी मुख्य न्यायधीशको घोषणापश्चात पनि कुनै ठोस कदम चालिएको छैन् ।

पाकिस्तानीकी एक महिला अधिकारवादी मुख्तरन माइले यसलाई प्रणालीगत समस्या भनेकिछन् । सन् २००४मा सामूहिक बलात्कारको शिकार भएकी माइ अहिलेसम्म पनि न्यायका लागि लडिरहेकी छिन् ।

उनी भन्छिन्, ‘कि प्रहरी चौकी शहरमा मात्र छन् जबकी अशिकांश हिंसा गाउँहरुमा हुन्छन् ।’

यो सत्य नै हो कि गाउँका सामन्त जमिन्दारहरूले महिलालाई वस्तु ठान्छन् र महिलामाथि दुर्व्यवहार गर्छन । त्यहाँको स्थानीय प्रहरी प्रशासन पनि यिनकै मुठ्ठीमा हुन्छन् । अनी महिलाले कसरी न्याय पाउने भनी माइ प्रश्न गर्छिन ।

अर्का महिला अधिकारकर्मी फर्जाना बारी अनुसार पाकिस्तानमा यो समस्या बढ्दै जानुको कारण यहाँको पितृसत्तात्मक सोच हो । जुनसुकै सरकार आएपनि यस्तो सोचको अन्त्य गर्न कुनै पहल नगरेको उनको गुनासो छ ।

विश्व बैंकको २०१९को तथ्यांकअनुसार १५ बर्ष माथिका जम्मा २४.५ प्रतिशत महिला सक्रिय रुपमा श्रम गर्छन् । श्रमशक्तिमा महिलाको संख्या न्यून हुने देशहरुमा पाकिस्तान १५ औं स्थानमा पर्छ सार्वजनिक ठाउँमा महिला अनुपस्थित हुनुको यो एउटा महत्वपूर्ण कारण हो ।

वल्ड भ्यालु सर्भे अनुसार पाकिस्तानका ७४.६५ प्रतिशत पुरुष विश्वास गर्छन् कि काम गर्ने पहिलो अधिकार पुरुषकै हुन्छ । ७२.५ प्रतिशत पुरुषले महिला भन्दा पुरुष नेतृत्वका लागि उत्तम हुने सोच राख्दछन भने ५१.५ प्रतिशत पुरुषले विश्वविद्यालय शिक्षा महिलाभन्दा पुरुषको लागि बढी महत्वपुर्ण हुने धारणा राख्दछन् ।

यस तथ्यांकले यो समस्याको जड कति गहिरो छ भने देखाउछ र यसले मुलुकै समग्र अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पारिहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक अध्ययन अनुसार पाकिस्तानले लैङ्गिक विभेद कम गर्न सक्यो भने आफ्नो कुल गाह्रस्थ उत्पादनको ३०.५ प्रतिशतले बढाउन सक्छ ।

एउटा बिकासोन्मुख देश जो ३.५ प्रतिशतको आर्थिक वृद्धिले विकास गरिरहेको छ, उसको लागि यो धेरै ठुलो आँकडा हो । लैंङ्गिक सशक्तिकरणले आर्थिक रुपमा ठुलो भूमिका निर्वाह गर्न सक्दछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : १९ बजे

इलाम र रूकुम पश्चिममा दुईजना मृत अवस्थामा फेला

काठमाडौं– इलामको सूर्योदय नगरपालिका-१२ स्कुल टोल बस्ने २९ वर्षीया अनिता भगवत

शीतभण्डारमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिका-५ सिद्धनाथमा निर्माणाधीन

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको