गच्छदारसहित १७२ जना विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता | Khabarhub Khabarhub

गच्छदारसहित १७२ जना विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

गृहमन्त्रालयको जाहेरी अनुसार सीआईबीले आइतबार(आज) मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै आरोपिलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने बाटो खुलेको छ ।

केहीदिन अघि ललिता निवास जग्गा प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसिचवसहित १७२ जना माथि ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो ।

ललिता निवासको जग्गा सूवर्ण शम्सेर तथा उनका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।

जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो ।

जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।

ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ०८ बजे

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे

प्रहरीले उठायो दुई अर्ब २४ करोड बढी राजस्व

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा

तराई तथा उपत्यकामा हुस्सु, उच्च पहाडी भेगमा हिमपात

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिसोले जनजीवन प्रभावित

वीरगञ्ज– लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै पर्साको जनजीवन

आज २०८१ साल पुस २२ गते सोमबारको राशिफल

काठमाडौं– आज २०८१ साल पुस २२ गते सोमबार तदनुसार सन्