‘मुख्यमन्त्रीले गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघट गर्दा आपत्ति किन ?’ « Khabarhub

‘मुख्यमन्त्रीले गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघट गर्दा आपत्ति किन ?’


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयले मुख्यमन्त्रीलाई जोडेर आएका समाचारहरु प्रति आपत्ति जनाएको छ ।

मुख्यमन्त्री गुरुङले मदिरा पान गरेको तस्वीर र भीडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

कतिपयले मुख्यमन्त्रीले सरकारले उपलव्ध गराएको कार्यकक्षमा बसेर गुरुङले मदिरा पान गरेको भन्दै आलोचना गरेका थिए ।

तर मुख्मन्त्री गुरुङको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल एवं विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटो र समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन २ गते मुख्यमन्त्रीका जेठानको परिवार बेलायतबाट आएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरिएको विज्ञप्तिमा जनाइएको छ ।

त्यसदिन मुख्यमन्त्री गुरुङको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।
त्यसक्रममा खिचिएका भिडियो र फोटोहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्ष मै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं’ मुख्यमन्त्री गुरुङको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : २७ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर