‘मुख्यमन्त्रीले गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघट गर्दा आपत्ति किन ?’ « Khabarhub

‘मुख्यमन्त्रीले गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघट गर्दा आपत्ति किन ?’


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयले मुख्यमन्त्रीलाई जोडेर आएका समाचारहरु प्रति आपत्ति जनाएको छ ।

मुख्यमन्त्री गुरुङले मदिरा पान गरेको तस्वीर र भीडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

कतिपयले मुख्यमन्त्रीले सरकारले उपलव्ध गराएको कार्यकक्षमा बसेर गुरुङले मदिरा पान गरेको भन्दै आलोचना गरेका थिए ।

तर मुख्मन्त्री गुरुङको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल एवं विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटो र समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन २ गते मुख्यमन्त्रीका जेठानको परिवार बेलायतबाट आएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरिएको विज्ञप्तिमा जनाइएको छ ।

त्यसदिन मुख्यमन्त्री गुरुङको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।
त्यसक्रममा खिचिएका भिडियो र फोटोहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्ष मै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं’ मुख्यमन्त्री गुरुङको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : २७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर