निफ फिल्म फेस्टिभल: जब राजेश हमालको इन्ट्री भयो… « Khabarhub

निफ फिल्म फेस्टिभल: जब राजेश हमालको इन्ट्री भयो…


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कलाकारको खासै सम्मान भएको पाइँदैन । थोरै मात्र त्यस्ता कलाकार छन्, जसलाई देखेपछि नेपाली दर्शकले हुटिङ गर्न थाल्छन् । तीमध्ये एक हुन्, अभिनेता राजेश हमाल ।

लामो समय नेपाली फिल्म उद्योगमा सक्रियता देखाएका हमाल केही वर्षयता भने कुनै फिल्ममा देखिएका छैनन् । यद्यपि हमालको क्रेज भने खस्केको छैन ।

महानायकको उपाधि पाएका हमाल आफ्नो स्टारडम खस्किनेमा पनि उत्तिकै सचेत छन् ।

आइतवार (आज) राजधानीको राष्ट्रिय सभागृहमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) ले आयोजना गरेको राजेश हमालको ‘मेरो कथा’ सेसन हुँदै थियो । दिउँसो १ बजेबाट शुरु हुने भनिए पनि कार्यक्रम निर्धारित समयभन्दा केही ढिला शुरु भएको थियो ।

उपस्थित दर्शकले खासखुस गरिरहेका थिए, ‘हुन त नेपाली समय यस्तै हो तर महानायकको कार्यक्रम त समयमै शुरु भएको भए पनि हुने थियो ।’

लगभग २ बजेसम्म हमाललाई भेट्न हलमा दर्शक आइसकेका थिए । कार्यक्रम प्रस्तोताले कार्यक्रम चलाउँदै हमाललाई निम्ता गरिन् । उनले हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ सहित अन्य केही फिल्मको नाम लिइन् ।

हमालको नाम सम्बोधन हुनासाथ राजेश हमाल कोट पाइन्टमा सजिएर स्टेज टेके । त्यसपछि दर्शकले एकछिन हूटिङ गरे । राजेश हमाललाई देख्दासाथ दर्शकमा थप उत्साह थपिएको थियो । दर्शकले ध्यानपूर्वक राजेश हमालका जीवनका किस्सा सुनिरहेका थिए ।

हमालले पनि आफूले अभिनय गरेको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ मा काम गर्दाको अनुभव र त्यसपछि काम गरेका फिल्म, दर्शकले दर्शाएको मायाका किस्साहरु सुनाए ।

लगभग एक घण्टा आफ्ना कुरा सुनाएका हमाललाई दर्शकले ताली र हूटिङले साथ दिए । उनले नेपाली फिल्मको विकास र आफ्नो फिल्मी करिअरबारे पनि बोले ।

हमालले केही दर्शकले प्रश्न सोध्ने मौका पनि पाएका थिए । हमालले पनि ती प्रश्नको उत्तर दिएका थिए ।

कुनै बेला आफ्नो काँधमा नेपाली फिल्मको गोरेटो बनाउन बलियो खम्बा बनेका हमालको अहिले पनि उस्तै क्रेज छ । उनी लामो समय फिल्मको पर्दामा देखिएका छैनन् । यद्यपि दर्शकले उनलाई कुनै न कुनै माध्यमबाट भने हेर्न पाएका छन् ।

तस्वीरहरू: अर्घेलो थापा/ खबरहब

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ४५ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’