पूर्वसभामुख महराविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, सम्भवतः सोमबार फैसला हुने « Khabarhub

पूर्वसभामुख महराविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, सम्भवतः सोमबार फैसला हुने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले सम्भवतः सोमबार फैसला सुनाउने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतले बहस गरेका थिए ।

संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ३५ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा