पूर्वसभामुख महराविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, सम्भवतः सोमबार फैसला हुने « Khabarhub

पूर्वसभामुख महराविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, सम्भवतः सोमबार फैसला हुने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले सम्भवतः सोमबार फैसला सुनाउने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतले बहस गरेका थिए ।

संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ३५ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर