खेलकुद

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल सम्पन्न

By खबरहब

February 16, 2020

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्ट्रनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृति बास्केटबल सम्पन्न भएको छ ।

सांग्रिला बैंकको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेस्ट इन्ट्रनेशनल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ सैपाल कलेज पहिलो बनेको थियो । दोस्रोमा रिलायन्स इन्ट्रनेशनल एकेडेमी भएका थियो ।

त्यसैगरी पुरुषतर्फ सीसीआरसी कलेज पहिलो बन्यो भने ओमेगा कलेजले दोस्रो स्थानमा चित्त बुझायो । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिइन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।