बाँसबारीलाई हिमालयजको साथ | Khabarhub Khabarhub

बाँसबारीलाई हिमालयजको साथ


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक बी डिभिजन क्लब बाँसबारी क्लबलाई अराउण्ड द हिमालयज प्रालिले प्रायोजन गरेको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका कार्यकारी निर्देशक सुधारमन कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बाँसबारी र हिमालयजबीचको सम्झौता १ वर्षको रहेको छ। अराउण्ड दि हिमालयले बाँसबारीलाई १० लाख दिने भएको छ । बाँसबारीको टाइटल स्पोन्सरका रुपमा रहेको हिमालयजको लोगो खेलाडीको जर्सीमा समेत हुनेछ ।

बाँसबारीले टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र सहायक प्रशिक्षककाे भूमिकामा निशान श्रेष्ठ रहेका छन

क्लबले २२ जना खेलाडी आवद्व गरेकाे अध्यक्ष थापाले बताए । उनले यो सिजनमा बाँसबारी क्लब ए डिभिजन लिगमा उक्लिने गरि तयारी गरिरहेकाे समेत बताए ।

बी डिभिजन क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारीका लागि १० लाख दिने घोषणा गरेको छ भने काठमाडौं महानगरपालिकाले ३ लाख आर्थिक सहयोग गर्ने भएको छ।

ए डिभिजनमा उक्लिन सके अझै आर्थिक रुपमा बलियो बन्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताएका छन् । क्लबले यो सिजनका लागि ३५ लाख खर्च अनुमान गरेको छ। बी डिभिजन लिग फागुन ११ गतेदेखि शुरु हुँदैछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : १७ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५