सरकारकै कारण संघीयता ‘धराप’मा : नेता कोइराला « Khabarhub

सरकारकै कारण संघीयता ‘धराप’मा : नेता कोइराला


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन्। कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिस बनेको बताएका हुन् ।

कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले वर्तमान नेकपा सरकार नै संघीयता विरोधी रहेको आरोप लगाए ।

डा कोइरालाले भने-“तत्कालीन समयमा संघीयता कांग्रेस, एमाले र माओवादीको ऐजेन्डा नै थिएन। मधेस आन्दोलनकै कारण संघीयता आएको हो।”

डा कोइरालाले संघीयता आफ्नो पार्टीको ऐजेन्डा थियो भनेर जनतासामु कुनै पनी पार्टीले झुटो बोल्न नहुने बताए।

नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौमा आयोजना गरेको “नेकपा सरकारका दुई बर्ष-संघीयता कार्यान्वयनमा उदासीनता”  विषयक कार्यक्रममा उनले सरकारको २ वर्षे कार्यकाल पूर्णरुपमा असफल रहेको बताए।

कोइरालाले वितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब-किसान-मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुँदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुँदै गएको, दण्डहिनता बढेको,संवैधानिक निकायहरु पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको आरोप लगाए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : ०४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर