राष्ट्रपति भण्डारी र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट « Khabarhub

राष्ट्रपति भण्डारी र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गरेका छन् ।

नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सेनाध्यक्ष स्मिथले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेका थिए ।

सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नेछन् ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : १७ बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह