सुदूरपश्चिम प्रदेशसभा : थारूका माग सम्बोधन गर्न माग « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : थारूका माग सम्बोधन गर्न माग


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा भाग लिने सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरुले उखु खेती गर्ने किसानले सरकारले तोकेबमोजिमको उखुको मूल्य अझै पाउन नसकेकाले तोकिएको मूल्य पाउने व्यवस्था गर्न, स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचार व्यवस्था प्रभावकारी बनाउन, लागुऔषध ओसारपसार र कारोवारको समस्या रोकथामको पहल गर्न, छाडाचौपायाको व्यवस्थापन गर्न, मिचिएको नेपालको भूमि कालापानी लिपुलेक फिर्ता ल्याउन प्रभावकारी पहल गर्न, सङ्घीयता कार्यान्वयनमा भइरहेका कमी कमजोरीका कारण जनतामा निराशा छाएकाले सच्चिएर अघि बढ्न, आफूखुशी ढङ्गले योजनाहरु र बजेट बाँडफाँट नगर्न ध्यानाकर्षण गराए ।

प्रतिपक्षी सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानीको विषयमा प्रदेशसभामा दर्ता गरिएको सङ्कल्प प्रस्तावका विषयमा छलफल गरी भूमि फिर्ता गराउन पहल गर्न, सामाजिक विकास मन्त्रालयमा एम्बुलेन्स खरिद गर्दा भएको भनिएको अनियमितताको छानबिनका लागि सर्वदलीय छानबिन समिति गठन गर्न, टीकापुर घटनाको सत्यतथ्य छानबिनका लागि गठित गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै घटनाका निर्दोषलाई रिहाइ गर्न र यसै विषयलाई लिएर केही दिनदेखि धनगढीमा आमरण अनशनरत् थारू नेता लक्ष्मण थारूका माग सम्बोधनको पहल गर्न ध्यानाकर्षण गराए ।

शून्य समयमा भाग लिनेमा सत्तापक्ष नेकपाका कुलवीर चौधरी, नेपालु चौधरी, महेशदत्त जोशी, लीलाधर भट्ट, शान्ति नेपाली, प्रतिपक्ष नेपाली काँग्रेसका डा रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी छन् ।

बैठकमा प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’को प्रतिवेदन समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गरे । अर्को बैठक यही फागुन ५ गते दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : ४३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने