ट्राफिक व्यवस्थापन गर्न समिति गठन « Khabarhub

ट्राफिक व्यवस्थापन गर्न समिति गठन


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो ।

महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टीकृत सचेतना कार्यक्रम, स्वयंसेवक परिचालनका साथै ट्राफिक लाइटको व्यवस्था, सीसीटीभीलाई निगरानी गर्नका लागि समितिले काम गर्नेछ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चक्रपथभित्र हुने ट्राफिक जामलाई अध्ययन गरी न्यूनीकरण गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि स्थलगत अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वयमा सुझाव पेश गरी ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइन समितिले काम गर्ने उनको भनाइ थियो ।

महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी ल्याएको अल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : ०० बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६