स्विस फुटबलका अध्यक्षलाई कोरोना संक्रमण « Khabarhub

स्विस फुटबलका अध्यक्षलाई कोरोना संक्रमण


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।

‘मलाई सामान्य फ्लुको लक्षण मात्र महसुस हुन्छ,’ उनले भनेका छन् ।

कोरोनाको कारण स्विजरल्याण्डमा अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।

स्विजरल्याण्डमा कोरोनाको संक्रमणका कारण १३ जनाले ज्यान गुमाएका छन् भने २ हजार २ सयमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ५९ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना