स्विस फुटबलका अध्यक्षलाई कोरोना संक्रमण « Khabarhub

स्विस फुटबलका अध्यक्षलाई कोरोना संक्रमण


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।

‘मलाई सामान्य फ्लुको लक्षण मात्र महसुस हुन्छ,’ उनले भनेका छन् ।

कोरोनाको कारण स्विजरल्याण्डमा अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।

स्विजरल्याण्डमा कोरोनाको संक्रमणका कारण १३ जनाले ज्यान गुमाएका छन् भने २ हजार २ सयमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ५९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने