जागीर र धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र, बस्नुहोस् व्रत « Khabarhub

जागीर र धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र, बस्नुहोस् व्रत


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धनसम्पत्ति, रुपैयाँ पैसा बिनाको जीवन कस्तो होला ? पक्कै पनि धन सम्पत्ति बिना कोही कसैलाई पनि जीवन धान्न गारो हुन्छ ।

त्यसैले मानिस सम्पत्ति कमाउन जागीर गर्दछन् । तर त्यो जागीर पाउन पनि कहाँ सजिलो छ र ? कतिपय मानिसले अनैकौ उपाय गर्दा पनि जागीर पाउन सकेका छैनन् । तर हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।

धर्मशास्त्रहरुका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ ।

व्रत बस्नाले मनुष्यको सबै प्रकारको समस्या समाधान भई मनले चाहे अनुसारको वरदान प्राप्त हुने मान्यता रहेको छ । तर के का लागि कस्तो व्रत बस्ने ? त्यसबारे जानकारी नहुदाँ द्विविधा हुने गर्दछ । त्यसैले हामी जागीर पाउन र धनसम्पत्ति कमाउन कुन व्रत कसरी बस्ने त्यसबारे जानकारी दिँदैछौ ।

जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम

१. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत राख्नु पर्दछ ।
२. शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ ।
३. आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ ।
४. शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुदैन ।

५. साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।
६. त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ ।
६. साझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ ।

धन प्राप्तीका लागी गरिने व्रत र नियम

१. धनसम्पत्ति प्राप्तीका लागी लक्ष्मी भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ ।
२. यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ ।
३. व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
४. व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ ।
५. रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ ।
६. आरती पश्चात गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नपर्दछ ।
७. त्यसपश्चात मात्र अन्नको सेवन गर्नुपर्दछ । तर नुन सेवन गर्नुहुदैन ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ५५ बजे

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका