प्रेमिका खोज्न २ हजार किमी यात्रा ! « Khabarhub

प्रेमिका खोज्न २ हजार किमी यात्रा !


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चर्चा ब्याप्त छ ।

यो बाहेक फाट्टफुट्ट रुपमा राजनीतिक घटनाक्रमका बिषय पनि चर्चामा छन् । तर संसार नै आश्चर्यचकित हुने एउटा घटना भने अहिले गुपचुप छ । यद्यपि यसले सामाजिक सञ्जाललाई भने तताएको छ ।

भाइरल भएको यो घटनालाई सामाजिक सञ्जालका  प्रयोगकर्ताहरुले सह्रना समेत गरेका छन् । खासमा सामाजिक सञ्जालमा भाइरल भएको यो बिषय बाघको हो ।

जुन बाघले आफ्नो साथीको खोजीमा २ हजार किलोमिटरको यात्रा गरेको छ । भारतको महाराष्ट्रको बुलढाणा जिल्लाको मेलघाट टाइगर रिजर्वको एक बाघको यात्रा र उसले तय गरेको यात्राको म्याप ट्रयाकिङसहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो।

भारतीय सञ्चारमाध्यम जी न्यूजमा आएको खरब अनुसार यो बाघ आफ्नो प्रेमिकाबाट छुट्टियो । त्यसपश्चात उसले आफ्नी जोडी बघिनीको खोजी गर्न थाल्यो ।

यस क्रममा उसले झण्डै १ बर्षको अवधीमा कैयौं नहर, खेत, जंगल, सडक पार गर्दै प्रेमिका खोज्ने काम तीव्र पार्‍यो । यस अवधिमा उसले थकान वा पीडाको कुनै वास्ता गरेन । उक्त बाघ दिउँसो आराम गर्‍थ्यो र रातभर प्रेमिकाको खोजिमा निस्कन्थ्यो ।

वन विभागका अधिकारीद्वारा ट्वीटरमा सार्वजनिक गरीएको तस्वीर र म्याप ट्र्याकिङ सहितको पोष्ट बाघले गरेको यात्रा र उसको संर्घषलाई उल्लेख गरीएको छ ।

पोष्टको क्याप्सनमा लेखिएको छ, २ हजार किमीको यात्रापछि हाल महाराष्ट्रको बुलढाणा जिल्लाको मेलघाट टाइगर रिजर्वको जंगलमा आइपुगेको छ ।

उक्त ट्वीट भाइरल बनेपछि अनेकौं प्रतिकृयाहरु आउन थालेका छन् । एक प्रयोगकर्ताले बघिनी कति भाग्यशाली छिन्, जसले २ हजार किमीको यात्रा गरेर खोज्न आउने बाघ पाएकी छन् भनेर लेखेका छन् । – जी न्यूजबाट

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : १८ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,