कीर्तिपुरमा सार्वजनिक शौचालय सरसफाइ सम्बन्धी तालिम | Khabarhub Khabarhub

कीर्तिपुरमा सार्वजनिक शौचालय सरसफाइ सम्बन्धी तालिम


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक शौचालय नगरको सरसफाई र स्वच्छ वातावरण कायम गर्नका निमित्त एक महत्वपूर्ण अंग हो ।

तर अहिले सार्वजनिक शौचालयमा उचित व्यवस्थापन, सही पुर्वाधार तथा दक्ष तालिमप्राप्त सञ्चालकको कमी भएको कारण सार्वजनिक शौचालयको अवस्थामा नाजुक रहेको पाइन्छ ।

सार्वजनिक शौचालयको समस्यालाई सम्बोधन गर्न कीर्तिपुर नगरपालिकाद्वारा गुथि नामक गैर सरकारी संस्था र वाटर ऐड नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरमा सार्वजनिक शौचालयमा काम गर्ने २५ जना कर्मचारीहरुलाई शौचालय सरसफाई सम्वन्धी एक दिने तालिम सफलतापुर्वक सम्पन्न गरियो र सहभागीहरुलाई सरसफाईको सामग्री हस्तान्तरण गरिएको छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणलाई कम गराउन सरसफाईमा ध्यान दिन अत्यन्त जरुरी छ ।

एरोसान सस्टेनेबल स्यानिटेसन र संयुक्त राष्ट्र अमेरिकाको टेम्पल विश्वविद्यालयले काठ्माडौंको शौचालयमा गरेको अध्ययनले देखाएको छ कि शौचालयमा प्रयोगकर्ताको संख्या बढेसंगै हानीकारक सूक्ष्म जीवको कोलोनीको संख्या बढ्दै जान्छ र समय–समयमा सहि तरीकाले शौचालयको सरसफाई नगरे यसले स्वास्थमा नकारात्मक असर पर्न जान्छ ।

यही विषयलाई मध्यनजर गर्दै कीर्तिपुर नगरमा रहेका सार्वजनिक शौचालयको वर्तमान अवस्थाको सुधार गर्न शौचालयमा काम गर्ने कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी दक्षता दिलाउने र सरसफाईको काम गर्दा कर्मचारीहरुको व्यक्तिगत सरसफाई र सुरक्षा सम्वन्धी अवगत गराउने उद्धेश्यका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुलाई स्वागत गर्दै कीर्तिपुर नगरपालिकाका स्वास्थ, वातावरण, वन, फोहरमैला व्यवस्थापन समितिका संयोजक तथा वडा नं १का अध्यक्ष हर्ष महर्जनले भने, “कीर्तिपुर नगरपालिकाले पहिलो पटक सरसफाईकर्मीसंग बसेर यसरी कार्यक्रम गरिरहेको छ । तपाईहरुको सहकार्यका कारण कीर्तिपुर नगरपालिका सफा र हराभरा बनेको छ । तर यसले मात्र पुग्दैन । कीर्तिपुर नगरमा पाहुना आउँदा शौचालय कहाँ, कति टाढा छ भनेर जानकारी दिनसके र शौचालय व्यवस्थित र राम्रो सरसफाई भएमा पाहुनाहरु अझ धेरै समय बस्थे होला ।

सरसफाईकर्मीहरुको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई व्यवसायिक रुपमा यो पेशामा प्रवद्र्र्धन गर्न यो तालिम कार्यक्रम महत्वपूर्ण रहेको गुथिको सल्लाहकार प्रकाश अमात्यले बताए ।

तलिम कार्यक्रममा प्रशिक्षाथीहरुलाई सरसफाई गर्दा प्रयोग गर्नुपर्ने सामग्रीको परिचय, जानकारी र प्रयोग त्यस्तै नियमित शौचालय सफाई र व्यवस्थापनका लागी प्रयोगात्मक अभ्यास सहित तलिम दिइएको थियो । तलिमका प्रशिक्षक रक्षा अधिकारीले भनिन्, ‘तपाईहरुले सरसफाई नगरे यो नगर सफा रहदैन जुन कुरा हामी सर्वसाधारणले मनन गर्नु पर्ने आवश्यक्ता छ ।’

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका ज्ञान बज्र महर्जनले स्वस्थ्यको लागि सरसफाइ र शौचालयको महत्वको बारेमा प्रस्तुति गरे र शौचलाय तथा सरसफाईमा काम गर्दा आफुलाई सुरक्षित राख्न अपनाउनुपर्ने सावधानीका बारेमा बताए ।

कीर्तिपुर नगरपालिकामा सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन कीर्तिपुर नगर सभाद्वारा पारित भइसक्यो र राजपत्रमा छापिने क्रममा छ । यसै मार्गदर्शन अन्तर्गत रहेर सार्वजनिक शौचालयमा काम गर्ने कर्मचारीहरुलाई शौचालय सरसफाई सम्वन्धी एक दिने तालिम दिईएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : ४६ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित