दोस्रो चैमासिकसम्ममा ४० प्रतिशत विकास बजेट खर्च « Khabarhub

दोस्रो चैमासिकसम्ममा ४० प्रतिशत विकास बजेट खर्च


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पनि पुँजीगत खर्च निराशाजनक देखिएको छ ।

चालू आर्थिक वर्षको आठ महिना बित्दा समेत पनि संघीय सरकारले ३९.५९ प्रतिशत विकास खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले चालू आर्थिक बर्षका लागि विनियोजित कुल १५ खर्ब ३२ अर्ब बजेटमध्ये २९ फागुनसम्म ६ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको हो । यो कुल विनियोजित बजेटको ३९.५९ प्रतिशत हो ।

चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ४ खर्ब ४८ अर्ब ९२ करोड खर्च भएको छ । यो कुल चालू बजेटको ४६ दशमलव ९० प्रतिशत हो ।

चालू आर्थिक बर्षका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत बजेट छुट्याएको थियो । जसमा सरकारले २३.२८ प्रतिशत अर्थात् ९४ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

वित्ततर्फ १ खर्ब ६७ अर्ब ८५ करोडमध्ये ३७.५२ प्रतिशत अर्थात् ६२ अर्ब ९७ करोड खर्च भएको हो । गत वर्षको सोहि अवधिमा सरकारले कुल ५ खर्ब ४० अर्ब ९० करोड रुपैयाँ खर्च गरेको थियो । यो गत आर्थिक वर्षको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोडको झन्डै ४१ प्रतिशत हो ।

मंसिर ५ गतेमा प्रधानमन्त्रीले सरकारका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिँदै दोस्रो चौमासिकसम्ममा पुँजीगत खर्च न्यूनतम ५० प्रतिशत पुर्‍याउँने निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले आर्थिक वर्षको अन्त्यमा ‘असारे विकास’ गर्ने वा असारसम्ममा पनि काम नभएर बजेट फ्रिज हुने प्रवृत्ति रोक्न निर्देशन दिएका थिए ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तमकुमार खत्रीका अनुसार कोरोना भाइरस संक्रमणका कारणले विकास बजेट खर्च हुनमा असर पारेको छ । उनका अनुसार भूकम्पपीडितलाई व्यक्तिगत आवास निर्माणका लागि दिइने अनुदान गत वर्षको भन्दा १४ अर्ब कम भएकाले पनि बजेट खर्च कम देखिएको हो ।

राजश्व संकलन पनि कम

चालू आर्थिक बर्षको ८ महिनामा राजश्व पनि लक्ष्यभन्दा कम संकलन भएको छ । यो अवधिमा ४९ प्रतिशतमात्र राजश्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले ८ महिनामा ५ खर्ब ४६ अर्ब रुपैयाँ राजश्व उठाउन सफल भएको छ । ८ महिनामा कर राजश्व ४ खर्ब ९७ अर्ब रुपैयाँ र गैरकर राजश्व ४९ अर्ब १७ करोड उठाएको छ ।

आयातमा कडाइ र आन्तरिक उत्पादनमा जोड दिँदै गर्दा सुरुवाती समयमा यस्तो समस्या देखिएको अर्थमन्त्रालयको भनाइ छ । यही गति रहे सरकारले राजश्व लक्ष्य पूरा गर्न हुन कठिन पर्नेछ । सरकारले चालू आर्थिक वर्षमा ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : ३७ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन