ललितपुर महानगरले बनाउन थाल्यो मदिराबाट स्यानिटाइजर « Khabarhub

ललितपुर महानगरले बनाउन थाल्यो मदिराबाट स्यानिटाइजर


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा घरेलु कच्चा पदार्थ(मदिरा) को प्रयोग गरी स्टानिटाइजर उत्पादन कार्य सुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्यानीटाइजर उत्पादन कार्य सुरु गरेको महानगरले जनाएको छ ।

महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको पहलमा नास्टले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्यानीटाइजर बनाउन तालिम दिइरहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

‘तालिम लिनेहरुमा स्वास्थ्यकर्मी तथा एक जना प्रतिनिधि रहेका छन्’ प्रवक्ता महर्जनले भने, ‘उनीहरुले यो तालिम सिकेपश्चात वडाका अन्य नागरिकहरुलाई पनि सिकाउनेछन् ।’

उनका अनुसार ५ वटा वडाका लागि ६ दिनको तालिम हिजोबाट शुरु भएको हो ।

‘अहिले नगरवासीका लागि लक्षित गरी ह्यान्ड स्यानीटाइजर उत्पादन गर्न वडाहरुमा तालिम दिइरहेका छौं’ उनले खबरहबसँग भने, ‘तालिम पश्चात घर–घरमा पनि बनाउन सकिन्छ ।’

त्यस्तै महानगरले दिएको मास्क उत्पादन तालिम फलादयी बनेको छ । अहिले नगरवासीलाई मात्र नभई बाहिर मार्केटमा पनि ललितपुरका वडामा उत्पादन भएको मास्क विक्रि हुन थालिसकेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : १० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष