ज्याक माले अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग गर्ने « Khabarhub

ज्याक माले अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग गर्ने


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अनलाइन किनमेल कम्पनी अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक माले अमेरिकालाई ५ लाख टेस्टिङ किट र १० लाख मास्क प्रदान गर्ने घोषणा गरेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल वेइबो र ट्वीटरमा सन्देश जारी गर्दै ज्याक माले अमेरिकातर्फ लैजानका लागि सामानहरु तयार रहेको समेत जनाएका छन् ।

सन्देशमा उनले आफ्नो मुलुकका अनुभवबाट कोरोना भाइरसविरुद्ध लड्नका लागि यस्ता टेस्टिङ किट र व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

ज्याक माले यसअघि जापान र इरानलाई १० लाख तथा युरोपमा १८ लाख लाख मास्क प्रदान गर्ने घोषणा गरेका थिए ।

चीन विश्वमा फेसमास्कको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक हो ।

यसअघि आफ्नै मुलुकमा कोरोना भाइरसको ठूलो असर पर्दा चीनले मास्कको निर्यातमा कटौती गर्ने जनाएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको