कोरोनाको संक्रमण रोक्न 'डब्लुएचओ'को मापदण्ड पूरा गर्न चिकित्सक संघको माग | Khabarhub Khabarhub

कोरोनाको संक्रमण रोक्न ‘डब्लुएचओ’को मापदण्ड पूरा गर्न चिकित्सक संघको माग


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमित बिरामीको उपचार संलग्न चिकित्सकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशिक्षण, वीमा र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने माग राखेको हो ।

संघले कोरोना भाइरसबाट संक्रमित बिरामीको पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएकाले स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि एड्भान्स पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट लगायत संक्रमणबाट जोगिने सामाग्री पर्याप्त रुपमा उपलब्ध गराउन समेत माग गरेको छ ।

संघले कोरोना भाइरसको संक्रमण विरुद्ध लाग्न सरकारलाई सहयोग गर्न आफूहरु तत्पर रहेको समेत जनाएको छ ।

काठमाडौं उपत्यका र प्रदेशहरुमा निश्चित सरकारी तथा निजी अस्पतालहरुमा कोरोना भाइरसको मात्र उपचार गर्ने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ ।

कोरोना भाइरसको उपचारका लागि तोकिएका अस्पतालमा रहेका अन्य रोगका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गरी कोरोनाको उपचारका लागि ती अस्पतालहरुलाई कोरोनाको उपचारका लागि तयारी अवस्थामा राख्छ समेत सुझाव दिएको छ ।

संघले कोरोना भाइरसको संक्रमण फैलिन नदिन, जोखिम न्युनिकरण गर्न र रोकथामका लागि सरकारलाई १२ बुंदे सुझाव सहितको माग सरकारसँग राखेको हो ।

यस्तो छ संघको १२ बुंदे माग

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : ०९ बजे

युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी

साम्राओङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र