पोर्चुगलमा कोरोनाको आशंका गरिएका नेपालीलाई यसरी राखिएको छ क्वारेन्टाइनमा (फोटो फिचर) « Khabarhub

पोर्चुगलमा कोरोनाको आशंका गरिएका नेपालीलाई यसरी राखिएको छ क्वारेन्टाइनमा (फोटो फिचर)


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहर नजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

नेपालीको समूहमा रहेका ६ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वास्थ्य परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि समेत भएको जनाइएको छ । उनको फारोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको पोर्चुगिज सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई सार्वजनिक सुरक्षा प्रहरीको रोहबरमा एक विद्यालय परिसरमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

पोर्चुगलमा हालसम्म २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

तस्वीर साभार-भ्वाइस अफ नेपाल

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ४० बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली