माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण शुरु « Khabarhub

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण शुरु


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि शुरु गरिएको छ ।

दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण शुरु गरिएको आयोजनाले जनाएको छ ।

बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि यही चैत २२ गतेसम्म गरिने बताइएको छ । आयोजनाको बाँधक्षेत्र परीक्षणअन्तर्गत इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडबक्र्सका संरचनाको प्राविधिक परीक्षण हुन लागेको आयोजनाले जनाएको छ ।

विद्युत् क्षेत्रमा विशेष महत्व राखेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि विसं २०७२ को विनाशकारी भूकम्पका कारण केही समय ढिला हुनगएको थियो ।

आयोजनाको बाँध क्षेत्र परीक्षणको अवधिभर नदीको पानी रोक्ने र छाड्ने काम गरी रहनुपर्ने भएका कारण पानीको सतहमा तलमाथि हुने हुँदा तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिगटी बवार, तामाकोशी बजार तथा मन्थलीसम्म पानीको सतह घटबढ हुने हुँदा नदी किनारमा केही गतिविधि नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा