प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री « Khabarhub

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका छन् ।

फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ ।

वैदेशिक रोजगारीमा जाने युवाहरुको कथामा आधारित यो फिल्ममा दिलिपलाई पनि शीर्ष भूमिकामा देख्न सकिनेछ ।

अभिनेता तथा गायक सपूतले दिलिप रायमाझीसँगका तस्वीर शेयर गर्दै दिलिप पनि अनुबन्ध भएको जानकारी दिएका हुन् ।

‘बोल माया र गलबन्दी गीतको दृश्य र संवादमा आफ्नै फिलिङ्स मिसाएको थिएँ, म वास्तवमै नायक दिलिप रायमाझीको ठूलो फ्यान र उनैताका उहाँजस्तै हिरो बन्ने सपना देखेको एक गाउँले ठिटो,’ सपूतले लेखेका छन्, ‘आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय हिरोसँग स्किृन शेयर पनि गर्दैछु ।’

दिलिपसँग काम गर्न पाउँदा आफूलाई बेलाबेलामा विश्वास नलागेको पनि प्रकाशले बताएका छन् ।

यस्तै यो फिल्मलाई रमेश बिजीले लेखेका हुन् भने निर्देशक रायमाझीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ०६ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन