रणवीर-आलियाको ‘ब्रह्मास्त्र’ मा शाहरुख खानले निभाउँदैछन् यस्तो भूमिका | Khabarhub Khabarhub

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’ मा शाहरुख खानले निभाउँदैछन् यस्तो भूमिका


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खान फिल्म ‘जीरो’ पछि पर्दामा देखिएका छैनन् । फ्यान उनको नयाँ फिल्मको प्रतीक्षामा छन् ।

यतिबेला एक खबर सार्वजनिक भएको छ, जसअनुसार शाहरुख खान छिट्टै नै रणवीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

डिसेम्बरमा रिलिज हुने यो फिल्ममा रणवीर र आलियाका साथ अमिताभ बच्चनलाई पनि शीर्ष भूमिकामा देखिनेछ । फिल्ममा शाहरुख एक अहम् भूमिकाका साथ देखिनेछन् ।

यो सुपरहिरो ड्रामा फिल्ममा शाहरुख खान एक वैज्ञानिकका रुपमा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्म ५ भाषामा रिलिज हुनेछ । भीएफएक्सको अधिक प्रयोग गरिएकाले फिल्मको काम ढिलो गरी भइरहेको छ । बिग बजेटमा निर्माण भएको यो फिल्म लामो समयदेखि दर्शकका लागि प्रतीक्षित छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ३९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास