कोरोना भाइरसकाे संक्रमण राेक्न २ सय २० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय « Khabarhub

कोरोना भाइरसकाे संक्रमण राेक्न २ सय २० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा १२० र उपत्यका बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले एक हजार वेडको आइसोलेसन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोना भाइरस भित्रिन नदिन पूर्व तयारीमा जुटेकाे सरकारले कोरोना भाइरसको बिरामी देखिएमा उपचार गर्न आइसीयु र आइसोलेसन वेडको व्यवस्थापन गर्ने तयारी गरेको हो ।

सरकारले कोरोनाका विरामीका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा शुरूवा रोग अस्पताल, किर्तिपुरको आयुर्वेदिक अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०-२० वटा गरी एक सय २० वटा आइसीयु बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश स्तरमा पनि एक सय वटा आइसीयु व्यवस्थापन गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

कोरोनाका बिरामी फैलिनसक्ने भन्दै सरकारले पूर्व तयारीका लागि काठमाडौं, भक्तपुर लगायतका क्षेत्रमा सात स्थानमा एक हजार वेड रहने गरी आइसोलेसन वार्डको समेत व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमणको पूर्व तयारीका लागि २० हजार थान पर्सनल प्राेटेक्टिभ इक्युप्मेन्ट, १० हजार थान परीक्षण कीट र एक हजार थान ज्वरो परीक्षण गर्ने फरेनहाइड थर्मल गन खरिद प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई जाेखिम भत्ता समेत दिने र १० लाखसम्मको बीमा सुविधा समेत दिने निर्णय गरेको छ ।

बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिने समेत निर्णय गरेको छ। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गर्ने निर्णय भएको छ ।

भारतसँगको सीमा नाकामा कडाई गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ३४ बजे

चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड संक्रमित 

बेइजिङ – चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार

प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको दाबेदारी कि कोकोहोलो ?

काठमाडौँ – तनहुँमा चुनाव जितेर आएलगत्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र

कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

सुर्खेत – कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित

चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि

काठमाडौँ – प्रतिनिधिसभाका १६५ सिटमध्ये १५८ क्षेत्रको नतिजा आइसकेको छ

सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप

काठमाडौँ – समूह चरणका खेल चलिरहदा कतार विश्वकप रोचक बनिरहेको