अमेरिकाको न्यूयोर्क सिटिमा घरमै ३ हजार ७७८ को मृत्यु « Khabarhub

अमेरिकाको न्यूयोर्क सिटिमा घरमै ३ हजार ७७८ को मृत्यु


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा  न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्‍याउन नपाई घरमै मृत्यु भएको खुलेको छ ।

मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भएको न्यूयोर्क सिटिले जनाएको छ ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ ।

यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो । मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : २३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग