दोलखामा २७ र्‍यापिड टेष्ट र तीन स्वाव परीक्षण, सबै नतिजा नेगेटिभ « Khabarhub

दोलखामा २७ र्‍यापिड टेष्ट र तीन स्वाव परीक्षण, सबै नतिजा नेगेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा-  दोलखा जिल्लामा २७ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको परीक्षण र तीन जनाको स्वाव परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।

भारत तथा तेस्रो मुलुकबाट आएका दोलखाको भीमेश्वर नगरपालिकाका दुई जना र कालिञ्चोक गाँउपालिकाका २५ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए ।

भीमेश्वर नगरपालिकाको प्रस्तावित चरिकोट अस्पतालमा र कालिञ्चोक गाँउपालिकाको सम्बन्धित वडामा आरडिटी परिक्षण गरिएको थियो ।

कालिञ्चोक गाँउपालिका वडा नम्बर २ बाबरेका भारतबाट आएका १४ जना र वडा नम्बर ३ र ४ मा पर्ने लामिडाँडाका १० जना भारतबाट आएका र एक जना तेस्रो मुलुकबाट आएका स्थानियको आरडिटी परिक्षण गरिएको कालिञ्चोक गाँउपालिकाका स्वास्थ्य संयोजक सुशील श्रेष्ठले बताए ।

त्यसैगरी काठमाडौँ पेप्सीकोला स्थित सनसिटी अर्पाटमेन्टमा बस्ने दोलखा तामाकोसी गाँउपालिकाका एक जना र उनीसंग सम्पर्कमा रहेका दुई जना गरी तीन जनाको किर्नेटार स्वास्थ्य केन्द्रमा स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएकोमा तीनै जनाको कोरोना भाईरस नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : ०४ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना