पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा « Khabarhub

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बम बिष्फोटको आरोपमा पक्राउ परेका तीन जनापुर्पक्षका लागि थुनामा गएका छन्

भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैंपठाईएको हो

बाँस्कोटाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. लोकन्थली स्थित निर्माणाधिन घरमा फागुन २८ गते बिहान बम बिष्फोटभएको थियो

बिष्फोटबाट घरको पूर्व पट्टीको गेटमा क्षति भएको थियो भने दुई छिमेकीको घरमा समेत क्षति पुगेको थियो

बम विष्फोट गराएको अभियोगमा काठमाण्डौ रानीबारीबाट कैलाली टिकापुर नगरपालिका वडा नं. घर भई हाल काठमाण्डौसामाखुशी बस्ने बर्ष ३१ को लक्ष्मण सेठ्ठि पक्राउ परेका थिए

पक्राउ पर्ने अर्कामा कैलालीकै भजनी नगरपालिका वडा नं. घर भई हाल चितवन भरतपुर बस्ने बर्ष ३२ को अमृतबहादुर कुमाल रहेकाछन्

त्यसैगरी सोही अभियोगमा कालिकोट शान्ति त्रिबेणी गाउँपालिका वडा नं. घर भई काठमाडाैं बसुन्धरा बस्ने बर्ष २७ को अभिषेक भन्नेटेकबहादुर बिक समेत पक्राउ परेका थिए

पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरीनायब उपरीक्षक शान्तिराज कोईरालाले बताए

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : २८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको