दशगजा क्षेत्रको क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै | Khabarhub Khabarhub

दशगजा क्षेत्रको क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- भारतका विभिन्न स्थानबाट आएर दशजगामा राखिएका करिब २ सय जनाको र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको छ ।

बाँकेको जमुनाहास्थित दशगजा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक सय ८१ जनाको आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।  क्वारेन्टाइनमा राखिएको १६ औं दिन आज उनीहरुको आरडीटी जाँच गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार क्वारेन्टाइनमा रहेका सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ । त्यहाँ २६ जिल्लाका मानिसहरु रहेको र उनीहरुलाई पत्रसहित सम्बन्धित जिल्ला पुठाइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

दशगजामा करिब ५० वटा टेन्ट बनाएर उनीहरुलाई त्यहाँ राखिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १२ : ५७ बजे

रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता सङ्ग्रह भदौ २८ मा सार्वजनिक हुँदै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले

गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै

गण्डकी– गण्डकी विश्वविद्यालयले चार करोड १५ लाख २४ हजारको लागतमा

कैलाली कारागारका एक थुनुवाको मृत्यु

अत्तरिया– कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै

बोदेबरसाईन–  यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल

इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ

काठमाडौं- नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका