लकडाउनका बेला बारीमा काम गर्दै आर्यन « Khabarhub

लकडाउनका बेला बारीमा काम गर्दै आर्यन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण सारा विश्व यतिबेला त्रासमा छ । विश्वका कैयन् देशमा लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउन छ ।

कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । घरमा हुँदा कसैले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेर समय बिताइरहेका छन् ।

काठमाडौंको लाजिम्पाटमा बस्दै आएका आर्यनले यतिबेला खेत खनिरहेको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् ।

लकडाउनको समयमा भने उनी थानकोटमा परिवारसँगै समय बिताइरहेका छन् ।

घर छेउमा बारी खनिरहेको तस्वीर शेयर गर्दै आर्यनले आफ्ना फ्यानलाई भनेका छन् – जे मन लाग्छ, त्यही गर्नुस् तर घरबाहिर नजानुस् ।

उनले घरभित्र बस्न र सबैलाई सुरक्षित रहन अनुरोध गरेका छन् । आर्यनले आमासँगको तस्वीर शेयर गरेपछि फ्यानले माया दर्शाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : ४७ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली