लकडाउनमा मापसे गरि सवारी चलाउने २१ जना कारबाहीमा, पास खोसियो « Khabarhub

लकडाउनमा मापसे गरि सवारी चलाउने २१ जना कारबाहीमा, पास खोसियो


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज गरिएको छ ।

लकडाउनका समयममा अत्यावस्यक कामका लागि भन्दै लिइएका पासको दुरुपयोग भएको हो । पछिल्लो समय पासको दुरु पयोग बढेका कारण जाँचमा कडाइ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख(एसएसपी) भीमप्रसाद ढकालले पासको दुरुपयोग रोक्नका लागि चेक जाँचमा कडाइ गरिएको बताए ।

पासको दुरुपयोग गर्दै कतिपयले मदिरा सेवन गरि सवारी चलाएकोसमेत पाइएको उनले बताए ।

पासलाई गलत रुपमा प्रयोग गर्ने, अनावश्यक रुपमा हिँडडुल गर्ने र पासलाई सानको रुपमा प्रयोग गर्नेको संख्या बढेसँगै कारवाहीलाई कडाइ गरिएको उनको भनाइ छ ।

पासको दुरुपयोग गर्दै सावरी चलाउनेको संख्या बढिरहँदा ट्राफिक प्रहरीले मापसे जाँचलाई पनि निरन्तरता दिएको थियो ।

नयाँ वर्षको अघिल्लो दिन राति पास भएका चालकले मापसे गरेको फेला परेको उनले बताए । त्यसक्रमा पास भएका पास भएका २१ जना चालक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए । उनीहरुको पास खोसिएको र अनावश्यक रुपमा हिँडडुल गर्नेहरुको पाससमेत जफत गरिएको उनको भनाइ छ ।

पासको दुरुपयोग भएको भन्दै एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ ।

महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् । लकडाउनको समय वैशाख १५ सम्म बढाइएसँगै सवारी आवागमनमा कडाइ गरिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ४ : ०६ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त