र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको झापाका युवकको स्वाब परीक्षण नेगेटिभ « Khabarhub

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको झापाका युवकको स्वाब परीक्षण नेगेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएका झापाका एक युवकको स्वाब परीक्षण रिपोर्ट नेभेटिभ आएको छ ।

झापा हल्दीबारी गाउँपालिकाका एक युवकको र्यापिड टेष्ट पोजेटिभ आएपछि उनका परिवार, साथी सहित १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।

यसरी पठाइएका सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएका सबैको परीक्षण नेगेटिभ आएको बताए ।

बुधबार हल्दीबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नबर २ का ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएका युवक दुबैबाट चैत पाँच गते नेपाल आएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ३ : ३८ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना