रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण, थप यकिन गर्न नमूना काठमाडौं पठाइयो « Khabarhub

रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण, थप यकिन गर्न नमूना काठमाडौं पठाइयो


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा २ जना कोरोना संक्रमित भेटिएको छन् । सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालाको रियल टाइम पीसीआर मेसिनबाट परीक्षणको क्रममा रुकुमको चौरजहारी नगरपालिको क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

केही दिन अगाडि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले संकलित नमूनाको परीक्षणका लागि सुदूरपश्चिमको धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा पठाएको थियो ।

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीका अनुसार परीक्षणका लागि ९९ जनाको स्वाबको नमूना वैशाख १ गते धनगढी पठाइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार ३६–३६ वर्षका दुवै जना पुरुषमा पीसीआर टेस्टका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु केही समय अघि भारतबाट आएका थिए ।

उनीहरु अहिले रुकुमको चौरजहारी सामुदायिक अस्पतालको आइसोलेनमा उपचारत छन् । उनीहरु भारतबाट सार्वजनिक बसमा आएका थिए ।

स्वास्थ्य निर्देशनालयकी निर्देशक भण्डारीले धनगढीमा परीक्षण गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आएपछि थप यकिनका लागि दुवै जनाको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताइन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ४ : ०९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच