लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ :मुख्यमन्त्री पौडेल « Khabarhub

लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ :मुख्यमन्त्री पौडेल


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् ।

भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए ।

पौडेलले माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको पालना गराउन तथा लकडाउनका कारण सिर्जित समस्या निराकरण गर्न एवं भाइरस फैलिन नदिन पालिकाले खेलेको भूमिकाको प्रशंसा गरे ।

मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिँदै केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतीक्षा नगर्न अनुरोध गरे ।

पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उनको तर्क थियो ।

“स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो”, उनले भने  । मुख्यमन्त्री पौडेलले स्थानीय निकायको कोषमा भएको रकम खर्च गर्दा भने पारदर्शिता अपनाउन सुझाव दिए ।

पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे । उनले भने, “राहत अतिआवश्यक भएकाका लागि मात्र हुनुपर्नेमा लकडाउन शुरु भएदेखि नै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत होइन ।”

कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले माहामारी अवस्था आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरपालिकाका र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाका प्रमुखसँग भिडियो कन्फेरेन्समार्फत छलफल गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ५ : ०५ बजे

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा