काठमाडौंका १६ निजी अस्पतालमा कोभिड क्लिनिक सञ्चालन « Khabarhub

काठमाडौंका १६ निजी अस्पतालमा कोभिड क्लिनिक सञ्चालन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका १६ वटा निजी अस्पतालहरुले पनि कोभिड १९ को क्लिनिक सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्या मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौंका १६ वटा निजी अस्पतालहरुलाई पनि कोभिड १९ को क्लिनिक संचालनको सूचीमा राखिएको बताएका हुन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ७ हजार २ सय ४० वटा नमूना परीक्षण गरिएको छ ।

यस्तै गत २४ घण्टामा ३ सय ६९ वटा थ्रोड स्वाबको नमूना संकलन गरी परीक्षण गरिएको छ ।

यस्तै र्‍यापिड डाइग्रोष्टिक किट आरडीटीबाट हालसम्म १२ हजार १ सय ९२ वटा केस परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र ३ हजार २ सय ६३ वटा केस परीक्षण गरिएको छ ।

डा देवकोटाका अनुसार दुवै विधिबाट १९ हजार ४ सय ३२ वटा नमूना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाका आरडीटीबाट कोरोना परीक्षण अहिले ८ जिल्ला बाहेक सबै जिल्लामा भइरहेको छ ।

डा देवकोटाका अनुसार ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ रुकुम पूर्व र डोल्पा गरी ८ जिल्लामा भने आरडीटीबाट कोरोना परीक्षण शुरु भएको छैन ।

ती जिल्लाहरुमा पनि छिट्टै आरडीटीबाट कोराना परीक्षण हुने डा देवकोटाले बताए । यस्तै आरडीटीबाट कोरोना पोजेटिभ देखिएका बिरामीहरुको पिसिआरबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हाल देशभरको क्वारेन्टाइमा ४ हजार ९ सय १ जना व्यक्ति रहेका छन् ।

यस्तै विभिन्न अस्पतालमा आइसालेसनमा कोरोना सम्भावित बिरामीको संख्या १ सय ३ जना रहेको डा देवकोटाको भनाइ छ ।

डा देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणमा हालसम्म संक्रमितको संख्या १६ जना रहेको छ ।

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र विभिन्न अस्पतालको आइसोलेसनमा उपचारत रहेको डा देवकोटाले बताए ।

नेपालमा औषधिको अवस्था कस्तो छ भन्ने विषयमा पनि जानकारी दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधिको उपलब्धताको विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालमा सरकारी तथा निजी क्षेत्रबाट औषधिको उपलब्धताको विषयमा आफुहरुले अनुगमन गरिरहेको बताए ।

विभागका महानिर्देशक ढकालले अति आवश्यकिय जीवन रक्षक औषधिको उपलब्धता, उत्पादन र आयतको अवस्थाबारे उद्योगी व्यवसायीहरुसँग साप्ताहिक विवरण माग्ने गरेको पनि बताए ।

विभागका महानिर्देशक ढकालका अनुसार ह्याण्ड स्यानिटाइटरको उत्पादनका लागि मापदण्ड तोकेर उत्पादन गर्ने कम्पनी दर्ता गर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनका अनुसार हाल नेपालका २० भन्दा बढी उद्योगहरुले स्यानिटाइजर उत्पादन गरीहरेका छन् ।

सरकारले अत्यावश्यक पर्ने १ सय ८९ प्रकारका औषधिहरु खरिद प्रक्रिया अघि बढाएको पनि विभागका महा निर्देशक ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ५ : ४९ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता