झुटा मुद्दामा निर्दोष फसाउने काम निन्दनीय: नेता साह | Khabarhub Khabarhub

झुटा मुद्दामा निर्दोष फसाउने काम निन्दनीय: नेता साह


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताएका छन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष साहले रौतहटमा भएका दुई घटनाप्रति आक्रोशित हुँदै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

रौतहटको दाजुभाइ इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवारसहित उद्योगका कामदारहरुमाथि आक्रमण भएको र पछि उनीहरुमाथि नै मुद्दा दर्ता भएकोप्रति अध्यक्ष साह आक्रोशित भएका हुन् ।

रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता तथा नेकपा नगर अध्यक्ष मोहन मेहतालाई संलग्नता नै नभएको मुद्दामा पक्राउ पुर्जी काटेपछि प्रहरी विवादित बनेको छ ।

“यही चैत्र २ गते रौतहटको गरुडास्थित दाजुभाइ इट्टा उद्योगमा सांघातिक आक्रमण भई दर्जनौं व्यक्ति घाइते भएको कुरा सर्वविदितै छ । पीडितलाई न्याय दिलाउनुको सट्टा आज रौतहट जिल्ला अदालतमा इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवार सहित झन्डै ४० जनामाथि उल्टै डाँका, शरीर बन्धक तथा अपहरण मुद्दा दायर भएको छ । घटनामा नै नभएका विषयमा काल्पनिक वरदात बनाएर अपराधिक कार्यलाई ढाकछोप गर्न झुठा मुद्दा चलाउने गृह प्रशासनको कार्य निन्दनीय छ । अहिलेको २१औं शताब्दीमा लोकतान्त्रिक अभ्यास गरिरहेको नेपालमा यस्ता जंगली हर्कत किमार्थ स्वीकार्य छैन ।” अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ । “तसर्थ यस विषयमा नेपाल सरकारले छानबिन गरी दोषीलाई तुरुन्त कारवाही गरोस् भन्ने माग गर्दछु ।”

” गत हप्ता नेपाल प्रहरीद्वारा रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालगायतका केही निर्दोष व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठायो । अपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयरलगायतका निर्दोष व्यक्तिलाई बिना प्रमाण पक्राउ पुर्जी काटिएको स्तिथी छ । तथ्य र प्रमाण बिना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्रासमेन्ट गर्नु कतिको न्यायसंगत छ । अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनमा ईशनाथ नगरपालिका अस्तव्यस्त छ ।” अध्यक्ष साहको विज्ञप्तिमा भनिएको छ, “मेयर विहिन स्थितिमा कोरोना पोजेटिभ बिरामीको उपस्थितिले आम जनता आतंकित एवम् त्रसित अवस्थामा छ । या गम्भीर अवस्था निर्माणको जवाफदेहिता कसले लिने ? के नेपाल प्रहरी यस्तो विषयमा गम्भीर हुनुपर्दैन ? यसमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

प्रधानमन्त्री ओलीको ध्यानाकर्षणसहित भनिएको छ, “उपरोक्त घटनाहरु एउटा उदाहरण मात्र हुन् । अहिले कोरोना महामारीसंग देशमा कालोबजारी तथा झुठा मुद्दाको बिगबिगी नै चलेको छ । अपराधिक घटनामा पीडितहरुलाई नै दोषी बनाउने दुस्प्रयास हुँदैछ । घटना नै नभएपनि बनाबटी वरदात खडा गरेर भएपनि झुठा मुद्दा चलाउने जस्ता जंगली कार्यको अभ्यास हुन खोजिरहेको छ । तसर्थ यस्ता गलत कार्यलाई तुरुन्त रोक्न म सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : ०७ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय