बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षणमा ‘रिपोर्ट’ नेगेटिभ « Khabarhub

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षणमा ‘रिपोर्ट’ नेगेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो पटकको स्वाब परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

नेपालको छैटौं कोरोना संक्रमित ती महिलाको तेस्रो पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको हो ।

पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण निको भएको अर्थात ‘नेगेटिभ’ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो। अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ।

चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । उनी गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन ।

नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ। उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : १२ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच