लकडाउन उल्लंघन गर्ने ७१९ महिलासहित ‘२ हजार ७ सय’ जना पक्राउ  « Khabarhub

लकडाउन उल्लंघन गर्ने ७१९ महिलासहित ‘२ हजार ७ सय’ जना पक्राउ 


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् ।

विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार ७०८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान ६ बजे देखि अपराह्न ६ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी ४ सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४ सय ६९ वटा सवारी साधनलाई पनि  प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट सबैभन्दा बढि २ हजार २ सय ९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : २९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा