स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी « Khabarhub

स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् ।

ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाज बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेका हुन् ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ ।

दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ ।

यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : १५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको