प्रधानमन्त्रीलाई कांग्रेसको पत्र, स्वदेश आउन चाहनेलाई ल्याउँ | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई कांग्रेसको पत्र, स्वदेश आउन चाहनेलाई ल्याउँ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै रोजगारी, अध्ययन वा अन्य कुनै पनि काममा विश्वका जुनसुकै मुलुकमा गएका नेपालीको स्वास्थ्यका बारेमा सरकारले चासो लिइ उनीहरुको हितमा आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न भएको अवस्थामा विभिन्न देशमा रहेका नेपाली, जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई तत्काल कूटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था गर्न आग्रह गरे ।

‘विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएपछि उनीहरुलाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रबन्ध तत्काल गर्न आवश्यक छ, होटल व्यवसायी, स्कुल र कलेज सञ्चालकले आफ्नो भवन सरकारले चाहेमा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने भनेका छन्, सरकारले तत्काल काठमाडौँलगायतका अन्य क्षेत्रका होटल, स्कुल र कलेजलाई आवश्यकताअनुसार क्वारेन्टाइन बनाओस्, जसले विदेशबाट आएका नेपालीलाई निश्चित समयसम्म क्वारेन्टाइनमा सुरक्षितरुपमा राख्न सकियोस्’, पत्रमा उल्लेख छ ।

नेता भट्टराईले नेपाल प्रवेशका लागि सिमानासम्म पुगेका नेपाली नागरिकलाई नेपालभित्र क्वारेन्टाइन बनाएर राख्नुपर्ने र विदेशमा रहेका केही नेपालीको प्रवेशाज्ञाको समस्याका सन्दर्भमा त्यस्ता नेपालीलाई नेपाल ल्याउने वा निश्चित समयका लागि प्रवेशाज्ञा थप्न तत्काल कूटनीतिक पहल गर्नुपर्ने आग्रह गरेका छन् ।

साथै आवश्यक स्वास्थ्य सामग्री तत्काल खरिद गरी कोरोनाविरुद्धको तयारी चुस्त बनाउन, स्वास्थ्य सामग्रीको गुणस्तरमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेर मात्रै खरिद गर्ने गरी मापदण्ड बनाउन आग्रह गरिएको छ ।

यसैगरी महाव्याधी लम्बिँदै गयो भने वैदेशिक रोजगारीमा जाने नेपालीको रोजगारी गुम्ने खतरा रहेको उल्लेख गर्दै त्यसको पूर्वतयारीस्वरुप सरकारले अहिले नै उनीहरुका लागि रोजगारीको विशेष कार्यक्रमको तयारी शुरु गर्न आवश्यक रहेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ५७ बजे

झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ 

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले ल्याउन लागेको

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु

एजेन्सी – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद्

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं – सरकारले मुलुक र जनताको हितका लागि संवैधानिक तवरले