कञ्चनजङ्घा आरोही ब्राउनको निधन « Khabarhub

कञ्चनजङ्घा आरोही ब्राउनको निधन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाका प्रथम आरोही जोइ ब्राउनको बेलायती समयानुसार आज बिहान निधन भएको छ ।

आफ्नै निवास वेल्सस्थित लियानबेरिसमा ८९ वर्षका उमेरमा निधन भएको ब्राउनका महिला साथी तथा उनको प्रसिद्ध ब्राउन सपकी सञ्चालिका क्याथी क्यासीले राससलाई इमेलबाट जानकारी दिइन । उनी केही समयदेखि बिरामी थिए ।

कञ्चनजङ्घाको प्रथम आरोहण गर्नेमा ब्राउन र उनका साथी जर्ज ब्याण्ड थिए । ब्याण्डको पनि सन् २०११ अगष्ट २६ मा निधन भइसकेको छ ।

उनीहरुले आठ हजार ५५६ मिटर अग्लो विश्वको तेह्रौँ अग्लो शिखर कञ्चनजङ्घाको प्रथम आरोहण विसं २०१२ जेठ ११ गते (सन् १९५५ मे २५) मा गरेका थिए ।

साथी ब्याण्डसँग एकैपटक कञ्चनजङ्घा शिखरमा पुगेका ब्राउनले ‘द हार्ड इयर्स’ (कठिन वर्षहरु) शीर्षक आत्मकथा सन् १९६७ मा प्रकाशन गरेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : ११ बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान