खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ « Khabarhub

खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका छन् । उनले खोप बनाउने अहिलेको अभियानलाई दोस्रो विश्व युद्धका बेला पहिलो परमाणु हतियार बनाउन गरिएको प्रयाससँग तुलना गरेका छन् ।

खोप बनाउने यो अभियानलाई ‘अपरेशन र्‍याप स्पीड’ को संज्ञा दिएका उनले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने बताएका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले खोप बिना महामारी नियन्त्रणमा आउने सम्भावना नरहेको बताइरहँदा ट्रम्पले भने खोप तयार नै नभए पनि लकडाउन खुलाउने बताएका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ४५ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल