रुपन्देहीका अधिकांश स्थानमा आवतजावतमा रोक « Khabarhub

रुपन्देहीका अधिकांश स्थानमा आवतजावतमा रोक


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीमा कोभिड– १९ सङ्क्रमित फेला परेपछि स्थानीय सरकारले आफ्ना क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन् ।

खास गरी लुम्बिनीसँग जोडिएको जिल्लाको गैडहवा गाउँपालिकामा एकै परिवारका नौ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि सो गाउँपालिकासँग जोडिएको कञ्चन गाउँपालिकामा आवतजावत गर्न शुक्रबारदेखि रोक लगाइएको छ ।

गैडहवा र कञ्चन गाउँपालिकाका सीमा जोडिएका छन् । दुई गाउँपालिकासँग जोडिएको सैनामैना नगरपालिकमा समेत उच्च सतर्कता अपनाइएको छ ।

‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई गाउँपालिका कार्यपालिका बैठकले अनुमोदन गरेको हो’, कञ्चनका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले भन्ने ।

सो निर्णय यही जेठ ५ गतेसम्म लागु हुने छ । गैडहवा गाउँपालिकामा पनि कोरोना सङ्क्रमित फेला परेपछि आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाले पनि नगरपालिकाको दक्षिण भेगका सहायक प्रवेश नाकामा आवतजावत गर्न रोक लगाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले बताए ।

यसअघि कपिलवस्तुदेखि पश्चिम नवलपरासीको सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिकामा आवतजावत गर्न रोक लगाइएको थियो ।

रुपन्देहीमा अहिलेसम्म २८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै