कारागारका कैदीबन्दी उच्च जोखिममा | Khabarhub Khabarhub

कारागारका कैदीबन्दी उच्च जोखिममा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् ।

जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ । कारागारले आन्तरिकरुपमा कैदीबन्दीलार्ई सचेतना दिलाउने तथा सरसफाइको व्यवस्था गरे पनि दैनिकजसो प्रहरीले ल्याउने नयाँ व्यक्तिबाट संक्रमण फैलिने डर भएको कारागार प्रमुख नारायण पन्थीले जानकारी दिए ।

प्रहरीले दैनिकजसो तीनदेखि पाँच नयाँ व्यक्ति कारागार चलान गर्ने गरेको र नयाँ र पुराना कैदी एकैठाउँमा राख्दा समस्या देखिएको उनको भनाइ छ ।

कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी तथा कारागारमा नयाँ कैदी ल्याउने सुरक्षाकर्मी र ब्यारेक बाहिर बसेर ड्यटीका समयमा कारागार आउने प्रहरीबाट पनि संक्रमण फैलिने डर भएको कारागार स्रोतले जनाएको छ । विसं १९९० मा निर्मित पुरानो कारागार भवनमा १५० कैदी राख्ने क्षमता भए पनि अहिले ४३६ जना रहेका छन् ।

क्षमताभन्दा बढी कैदी राखिएको सो कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थानसमेत नभएको जिल्ला कारागार सूचना शाखाले जनाएको छ ।

रुपन्देहीमा २८ कोरोना भाइरस संक्रमित भेटिएपछि कारागारले गृह मन्त्रालयमा संक्रमणको उच्च जोखिम रहेको प्रतिवेदनसमेत पठाइएको जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : २४ बजे

राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ

बागमती– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१–८२

गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

तनहुँ– गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी

इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

इलाम– सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग

अर्थतन्त्रमा लापरवाही गरिरहन मिल्दैन, बैंकिङ सुशासन आयोग बनाऔँ

आज म बैंकिङ क्षेत्रबारे भइरहेको छलफलको दोस्रो कार्यक्रममा पनि उपस्थित

ट्रम्पको शपथ : कागज नभएका एक करोड आप्रवासीको अवस्था के होला ?

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प केही समयमा नै