थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो « Khabarhub

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : २५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर