दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने « Khabarhub

दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दासढुंगा प्रकरणको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गरेका छन् ।

२७ औँ मदनआश्रित स्मृति दिवस एवं पार्टी एकताको दोस्रो वर्षगाठको अवसरमार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता जनाएका हुन् ।

‘लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ बर्ष वितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२७ औँ मदनआश्रित स्मृति दिवसकोसन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन व्यक्त गर्दछ ।’

अध्यक्षद्वयले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गरेका छन् ।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मृत्यु भएका दुबै जनाको हत्या भएको दाबी गरिदै आएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ११ : ०६ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो