दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने | Khabarhub Khabarhub

दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दासढुंगा प्रकरणको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गरेका छन् ।

२७ औँ मदनआश्रित स्मृति दिवस एवं पार्टी एकताको दोस्रो वर्षगाठको अवसरमार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता जनाएका हुन् ।

‘लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ बर्ष वितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२७ औँ मदनआश्रित स्मृति दिवसकोसन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन व्यक्त गर्दछ ।’

अध्यक्षद्वयले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गरेका छन् ।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मृत्यु भएका दुबै जनाको हत्या भएको दाबी गरिदै आएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ११ : ०६ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै