तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध « Khabarhub

तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि खराबी आएको ठाउँ पत्ता नलागेका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिका पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, “विद्युत् नहुँदा सञ्चारमाध्यमलाई समेत समस्या भएको छ ।”

उक्त प्रसारण केन्द्र हाइटेन्टसनका पोलमा आउने खराबीका कारण यहाँका पहाडी जिल्लामा पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १ : ०८ बजे

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर