गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन « Khabarhub

गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

टर्कीमा हजारौँको सङ्ख्यामा नेपाली रहेको र हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि सहयोगका लागि समन्वय गर्न सहज हुने एनआरएनएले विश्वास लिएको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन गरिएको हो ।

समितिले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल गरी कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीलाई सहयोगका लागि पहल गर्ने निष्कर्ष निकालेको एनआरएनएको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए ।

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

‘टर्की नेपाली समाज’ले यस अघि सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन पत्रमार्फत इस्लामावादस्थित नेपाली राजदूतावासलाई अनुरोध समेत गरेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : ०३ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ