तीनतले घरमा आगलागी, एक जनाको मृत्यु « Khabarhub

तीनतले घरमा आगलागी, एक जनाको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुसिकोट – रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले देवकोटाको अन्य सदस्य भने सामान्य रहेको बताइएको छ । आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच जिल्लाको बाँफिकोट गाउँपालिका–९ तार्सिबाङमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतावस्थामा फेला परेका व्यक्ति सोही वडाको झूला निवासी ४६ वर्षीय सार्की गिरी रहेका छन् ।

जेठ १ गते दिउँसो आफन्तको घरमा गहुँ किन्न निस्केका गिरी साँझसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा शुक्रबार बेलुकी मृतावस्थामा उनको शव फेला परेको हो । मृतक गिरीको मुचुल्का कार्य सम्पन्न गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : २३ बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत