सीमामा अलपत्र नेपालीलाई सोमबारदेखि ल्याइने | Khabarhub Khabarhub

सीमामा अलपत्र नेपालीलाई सोमबारदेखि ल्याइने


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई सोमबारदेखि नेपाल ल्याउने तयारी भएको छ ।

जिल्ला समन्वय समिति झापाको संयोजनमा बसेको बैठकले लकडाउन कारण सीमा क्षेत्रमा अलपत्र परेका परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो ।

प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो ।

‘सोमबार करिब ३ सय नेपालीलाई काँकरभिट्टा नाकाबाट ल्याउछौँ’ जिल्ला समन्वय समितिका संयोजक तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले भने, ‘उनीहरुको व्यवस्थापनको तयारी भइरहेको छौँ ।’

उनका अनुसार सिमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई त्यसपछि क्रमशः प्रवेश दिइनेछ । नेपाल आएका नागरिकलाई केहीदिन जिल्लामा स्थापना गरिएको ‘होल्डिङ्ग पोइन्ट’ मा राखिनेछ ।

हाललाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनलाई नै ‘होल्डिङ्ग पोइन्ट’ का रुपमा प्रयोग गर्ने बताइएको छ । उनीहरुलाई राख्न पछिल्लो पटक मेची बहुमुखी क्याम्पसमा २ सय बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्लाभर ७ सय ५० बेड क्षमताको क्वारेन्टाइन तयार भइसकेको छ ।

निर्णयभए अनुसार कोरोना परिक्षण भइसकेका र ‘ट्राभल्स हिष्ट्री’ का आधारमा उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइनेछ । झापा जिल्लाबाहिरका नागरिकलाई भने पिसीआर परिक्षण पश्चात् सम्बन्धित जिल्ला सदरमुकाम साथै प्रदेश राजधानी पुर्‍याउने निर्णय भएको छ ।

गत मंगलबारदेखि भारतमा रेलसेवा सञ्चालनमा आएपछि अध्ययन, रोजगारी र भ्रमणको सिलसिलामा भारतको विभिन्न स्थान पुगेका नेपालीको हाल सीमाक्षेत्रमा चाप बढेको छ ।

जिल्ला प्रशासन कार्यालय झापासँग हाल ८ सय ५३ जना नागरिक अलपत्र परेको तथ्याङ्क रहेको छ । त्यसबाहेक पनि ठुलो संख्यामा नेपाली स्वदेश फर्कन चाहेको बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ५३ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता